मोटरसाइकलको ठक्करबाट बालक गम्भिर घाइते

 बैशाख २६, २०८१

तुलसीपुर । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर-७ डाडाँपातु निवासी दिपक ओलिका ११ वर्षिय छोरा लक्ष्मण वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट गोठीखोला तर्फ जादै गरेको रा ८ प ३७६ नम्बरको मोटरसाइकलले तुलसिपुर-७ डाडाँपातु चोक नजिकै आज बेलुका सवा ६ बजेको समयमा ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । माेटरसाइकल चालक सल्यान शारदा नगरपालिका-५ का १८ वर्षिय गणेश चन्द  रहेकाे प्रहरीले बताएकाे छ ।

तपाईंको प्रतिक्रिया