मेयरकप फुटबल प्रतियाेगिता चैत २५ देखि सञ्चालन हुने
तुलसीपुर । तुलसीपुरमा मेयरकप फुटबल प्रतियाेगिता सञ्चालन हुने भएको छ । यहि चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हाे । शिक्षा युवा तथा खेलकुद महाशाखाले सुचना जारी गर्दै समूह दर्ता गर्न आग्रह गरेको छ । यहि २४ गते सम्म समूह दर्ता गर्ने समय राखिएको छ भने दर्ता शुल्क नलाग्ने महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार र द्वितीय हुनेलाई ५० हजार उपलब्ध गराईनेछ । प्रतियोगिता अरनिको मैदानमा सञ्चालन हुने छ ।




तपाईंको प्रतिक्रिया