दोल्तीकाे आईपीओ बिक्री खुल्ला

 चैत २८, २०७९

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रपैयाँ अंकित मूल्यमा जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुने १० करोड ७२ लाख ९७ हजार २०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

तपाईंको प्रतिक्रिया