मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

 बैशाख ०४, २०८०

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले ४ वैशाख सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन खुला गरेको थियो । जसमा रित पूर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै वितरण भएको छ।

तपाईंको प्रतिक्रिया