दाङ बंगलाचुलीका किसान चैते धान रोप्न ब्यस्त

 बैशाख ०६, २०८०

दाङ । चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ । फागुनमा ब्याड राखेर चैतको अन्तिमसम्म चैते धान रोपिन्छ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४, घोराही उपमहानगरपालिका वडा नं. १ र देउखुरीका केही ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन् । खडेरीमा सिँचाइको राम्रो सुविधा भएको खेतमा मात्र चैते धान रोप्न सकिन्छ ।

चैतमा रोपेको धान साउनको पहिलो साता तिर पाक्छ । साउनको पहिलो साता धान काटेपछि पुनः सोही खेतमा बर्खे धान रोपिन्छ । यहाँका किसानले वर्षमा दुईबाली धान खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सय हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको छ । जिल्लामा करिब ३९ हजार ९०५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टरमा धान खेती हुन्छ ।

तपाईंको प्रतिक्रिया