ओमानमाथि नेपालको सहज जित

 बैशाख ०८, २०८०

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानमाथि ८४ रनको सहज जित हात पारेको छ ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण विकेट बाँकी हुँदै नेपालले ८४ रनको जित निकालेकको हो ।

नेपालको जितका लागि अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको योगदान महत्वपूर्ण रह्यो ।

तपाईंको प्रतिक्रिया