तुलसीपुर – ११ मा वडाध्यक्ष कप सुरु

 बैशाख ११, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा न्मबर ११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० आजबाट सुरु भएको छ । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । समुद्घाटनमा बोल्दै प्रमुख अतिथी चौधरीले खेलकुद प्रर्वद्धनमा सदैव सहयोग हुने बताएकि थिईन ।

उनले हरेक वडामा खेलमैदान स्तरोन्नतिसंगै खेलकुद प्रतियोगिताहरु संचालन गर्दै खेल क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताएकि थिईन ।कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत, तुलसीपुर उपमहानगरका कार्यपालीका सदस्य बसन्ता केसी, अमर माविका विब्यस अध्यक्ष होताराम बस्नेत,निमित्त प्रधानाध्यापक यज्ञ बहादुर अधिकारी, स्वास्थ्यकर्मि चित्र बहादुर वली लगायतले बोलेका थिए ।

वडा सचिव पदम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन । बैशाख १५ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले मेडल सहित नगद २५ हजार, दोस्रो हुनले १५ हजार रुपैया प्राप्त गर्नेछन । प्रतियोगितामा वडाका १४ टिमको सहभागिता रहेको छ ।

तपाईंको प्रतिक्रिया