वडाध्यक्ष कपमा सेमिफाइनल खेल्ने चार टिमकाे टुंगो
तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा सञ्चालित वडाध्यक्ष कपमा सेमिफाइनल खेल्ने चार टिमकाे टुंगो लागेकाे छ । १४ टिम रहेको प्रतियोगितामा अमर मावि ए र वि, बेलगनार,नवलपुर सेमिफाइनल प्रबेश गरेका छन ।
आज विहान भएको पहिलाे खेलमा बेलगनारले १-० गाेल अन्तरले कटाहालाई पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे । अर्को खेलमा माेतिपुर र अमर मावि बि बिच भएको खेलमा माेतिपुरले जितेपनि वडा भन्दा बाहिरका खेलाडी समावेश गरेपछि उक्त टिम बाहिरिएको छ । यस्तै अमर मावि ए टिमले चन्द्राेदयलाई ३-० ले हराउँदै सेमिफाइनल पुगेकाे हाे । अर्को खेलमा राेयल उरहरी लाई ३-१ ले हराउँदै नवलपुरले सेमिफाइनलमा अमर मावि ए सङ्गकाे भेट पक्का गरेको प्रतियोगिताका संयाेजक तथा वडा सदस्य यज्ञबहादुर बस्नेतले जानकारी दिए ।
सेमिफाइनल अन्तर्गत पहिलो खेल विहिवार विहान बेलगनार र अमर मावि बि विच हुने छ । यस्तै, अर्को खेल नवलपुर र अमर मावि ए विच हुने छ । बैशाख १५ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले मेडल सहित नगद २५ हजार, दोस्रो हुनेले १५ हजार रुपैया प्राप्त गर्नेछन ।
प्रतियोगितामा खेलाडीलाई थप उत्साहित बनाउन प्रत्येक खेलमा गाेल गर्ने खेलाडीलाई नगद पुरस्कार समेत ब्यवस्था गरिएको वडाध्यक्ष मान बहादुर रावतले बताएका छन ।




तपाईंको प्रतिक्रिया