सन् २०२६ को विश्वकप तीन राष्ट्रले आयोजना गर्दै

 जेठ ०५, २०८०

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता उत्तर अमेरिकाका तीनव राष्ट्रले संयुक्त रुपमा आयोजना गर्दैछन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा चार वर्षपछि हुने विश्वकपका आयोजक राष्ट्र हुन् ।

विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार आगामी विश्वकपका खेलहरु खेलाइने रंगशालाहरुको टुंगो लगाएको छ । त्यसमध्ये अमेरिकाका ११ वटा सहरका रंगशालामा विश्वकपका खेलहरु खेलाइने छन् । यसैगरी मेक्सिकोका तीन र क्यानडाका दुई सहरका रंगशालामा विश्वकपका खेलहरु खेलाइने फिफाले जनाएको छ ।

विश्वकपको यो २३औं संस्करण हो । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक तीनवटा राष्ट्रले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । अमेरिकी सहर डालासले पनि विश्वको खेल खेलाउने अवसर पाएको छ ।

फिफाका अनुसार, डालासको ‘एट एन्ड टी रंगशाला’ मा विश्वकपका केही खेल खेलाइने छ । तर, डालासमा कुन चरणका कति खेल खेलाइने भन्ने कुराको भने टुंगो लाग्न बाँकी छ । कुन रंगशालामा कति खेल खेलाइने भन्ने कुराको टुंगो आगामी वर्ष लाग्नेछ ।

तपाईंको प्रतिक्रिया