आइपिएल क्रिकेटमा चेन्नई प्लेअफमा

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६७ औं खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जितका साथ प्लेअफमा स्थान पक्का गरेको छ । चार पटकको च्याम्पियन चेन्नईले १७ अंकका साथ प्लेअफमा स्थान पक्का गरेको हो ।
जितको लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।
तपाईंको प्रतिक्रिया