नेपाल र भारत ‘ए’ बीचको खेल रद्द

 जेठ ३२, २०८०

एसिसी महिला इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाल र भारत ‘ए’ बीचको खेल रद्द भएको छ।

हङकङ जारी प्रतियोगितअन्तर्गतको खेल मैदानमा पानी जमेका कारण रद्द गरिएको हो।

खेल रद्द भएसँगै नेपालले एक अंक जोड्न सफल भएको छ।

यसअघि भएको पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो।

अब नेपालले समूहको अन्तिम खेलमा आयोजक हङकङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। सो खेलमा जित हात पार्न सके नेपालको सेमिफाइनल सम्भावना हुनेछ।

प्रतियोगितामा नेपालले अन्तिम समयमा खेल्ने मौका पाएको थियो। थाइल्यान्डले प्रतियोगितबाट हात झिकेपछि एसिसीले नेपाललाई सहभागी गराएको हो।

तपाईंको प्रतिक्रिया