तुलसीपुरका वडाको बजेट १८ लाख

 असार ०६, २०८०

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को तयारी थालेको छ । उपमहानगरले बजेटको आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष ०७९/८० मा प्रत्येक वडामा ७० लाख बजेट पठाएको उपमहानगरले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा १८ लाख बजेट पठाउने तयारी गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ५२ लाख बजेट घटेर वडामा जाँदै छ ।

आर्थिक वर्ष ०७९र०८० मा १ अर्ब ८६ करोड बजेट ल्याएको उपमहानगरले यस वर्ष १ अर्ब ७६ करोडको बजेट ल्याउने गरी सिलिङ तयार गरेको हो ।

तपाईंको प्रतिक्रिया