स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

 असार १०, २०८०

काठमाडौ ।  देशभरका ७ सय ५३ वटै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १० स्थानीय तहले बजेट पेस गरिसकेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया