अप्पर स्याङ्‍गे हाइड्रोपावरको आईपीओ खुल्यो

 असार १०, २०८०

काठमाडौं । अप्पर स्याङ्‍गे हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेकेमा छ । १० असार आईतबारदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको हो । वैदेशिक रोजगार र आयोजना प्रभावितलाई साधारण सेयर जारी गरिसकेपछि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणलाई ५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ३९ हजार ५०० कित्ता सेयरमा निष्कासन खुला गरेको छ ।

 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।कम्पनीको आईपीओमा सर्वसाधराणले १३ असार सम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसारको आवेददन नपरेमा आवेदन दिन म्याद २४ असारसम्म थप हुनेछ ।

तपाईंको प्रतिक्रिया