दाङकाे राप्ती क्षेत्रमा धान रोपाइँ अन्तिम चरणमा

 असार १५, २०८०

दाङ । धान दिवस मनाउँदै गर्दा दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।

गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो ।

गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकारी लामिछाको भनाइ छ । उहाँका अनुसार जिल्लामा दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा यस वर्ष बढी धान रोपाइँ भएको छ । राप्ती नदीको पानीले राप्ती गाउँपालिकाका अधिकांश खेतमा अहिलेसम्म रोपाइँ सकिएको छ ।

तपाईंको प्रतिक्रिया