किसानकाे खेतमा धान रोप्दै ‘अनेरास्ववियु’

 असार १५, २०८०

तुलसीपुर । आज राष्ट्रिय धान दिवसको सन्दर्भमा अनेरास्ववियु दाङले तुलसीपुर ४ तल्लो हलवारमा धान रोपाई कार्यक्रम गरेको छ । जननेता मदन भन्डारीको ७२ औँ जन्मजयन्ती विशेष सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज (शुक्रवार) तुलसीपुर ४ तल्लो हलवारमा जिवराज थापाको खेतमा धान रोपाई कार्यक्रम गरिएको हो ।
अनेरास्वयिु दाङका जिल्ला अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा भएको धान रोपाई कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य सर्जन परियार, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा,  नेकपा एमाले तुलसीपुर ४ नम्वर वडाका ईन्चार्ज, वडा कमिटिका अध्यक्ष घन बहादुर पुन,नेकपा एमाले तुलसीपुर नगरकमिटि सदस्य खिम बहादुर थापा, शंकर चौधरी लगाएत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै अनेरास्वयिु दाङका ईन्चार्ज समेत रहनु भएका परियारले मदन भण्डारीको जन्मजयन्ती विशेष सप्ताह कार्यक्रम अन्र्तगत धान रोपाई कार्यक्रम गरेको बताउनुभयो । यस अघि राप्ती प्रादेशिक अस्पतालमा सरसफाई, रक्तदान कार्यक्रम लगाएतका कार्यक्रम गरेको उहाले जानकारी दिनुभयो ।

साथै उहाले किसानहरुले समयमा रासायिनिक मल, विउ नपाउनु दुखद भएको बताउनुभयो । नेपाल कृषि प्रधान देश भएपनि सरकारले किसानहरुलाई रासायिनिक मल उपलब्ध गराउन नसकेकोमा उहाले गुनासो गर्नुभयो । यस्तै नेकपा एमाले तुलसीपुर ४ का वडा कमिटि अध्यक्ष घन बहादुर पुनले सरकारले किसानहरुलाई समयमै रासायिनीक मल उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

तपाईंको प्रतिक्रिया