तिलकन्या सामुदायिक वनमा बृक्षारोपण

 असार १६, २०८०

तुलसीपुर । १७९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अबसरमा दंगीशरण २ मा संचालित हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाले बृक्षारोपण गरेको छ । संस्थाको आयोजना तथा ग्रिन फाउन्डेसन नेपाल दाङ शाखा, हरियाली मञ्च नेपाल तुलसीपुर दाङ, वन डिभिजन कार्यालय दाङ र तिलकन्या सामुदायिक वन उपभोक्ता समुहको समन्वयमा तिलकन्या सामुदायिक वनको खालि स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो । सहकारी संस्थाका कार्यबाहक अध्यक्ष सीता डाँगीको अध्यक्षता एव् दंगीशरण गाउँपालिका २ का वडाध्यक्ष डम्बर खत्रीको प्रमुख आतिथ्यता तथा हरियाली मञ्च नेपालका उपाध्यक्ष भागिराम चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियोे ।

कार्यक्रममा स्थानीय वडा जनप्रतिनिधिहरु, गोल्टाकुरी प्रहरी चौकीका प्रमुख तथा नेपाली प्रहरी, तिलकन्या सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरु र सहकारी संस्थाका सदस्यहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खत्रीले वृक्षारोपण कार्यक्रमले वातावरणलाई स्वच्छ बनाउन मद्दत पुग्ने भएको हुदा बिरुवा रोपेपछि संरक्षण गर्ने सोचको विकास गर्नुपर्ने बताएका थिए । यस्तै विशिष्ठ अतिथि चौधरीले मासिन लागेको बनको संरक्षण र हरियाली वातावरण निर्माण गर्न एउटा संस्थाको मात्रै नभई सबैको दायित्व रहेको बताएका थिए ।

तिलकन्या सामुदायिक वन उपभोक्ता समुहकी उपाध्यक्ष रेनुका नेपालीले स्वागत गरेको कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष चक्र मिलन विकले गरेका थिए ।

तपाईंको प्रतिक्रिया