किसानलाई बाह्रैमास सिचाई

 असार १७, २०८०

तुलसीपुर । तुलसीपुर – १ मनकामनादेविका स्थानियलाई सधैं सिचाई समस्या हुनेगर्दथ्यो । बर्षायामको समयमा जसोतसो खेती चलेपनि हिउदमा सिचाइ सुविधा नहुदा खेती गर्न समस्या थियो । तर हिजो आज त्यहाका किसानको लागि बाह्रैमास सिचाई सुविधा हुनेभएपछि खुसीले दंग छन । बृहत दाङ उपत्यका सिंचाई आयोजनाले त्यहा जम्मुचिरा जलाशय निर्माण निर्माण गरिदिएपछि एक सय घरधुरी अहिले लाभान्वीत भएका छन ।  हिउदंमा सिचाई सुविधा भएसगैं तरकारी बालिमा किसान आकर्षित भएको स्थानिय कुल प्रसाद सापकोटाले बताए ।

त्यहा ४० हेक्टर जमिनलाई पुग्नेगरि सिचाई योजना निर्माण गरिएको छ । यसरी नै बृहत दाङ उपत्यका सिंचाई आयोजनाले जिल्लाका किसानको खेतबारीमा बाह्रैमास सिचाई हुने गरि काम गरिरहेको छ । दाङ उपत्यकाको करिब ५६ हजार हेक्टर जमिनमा बर्षैभरि नै सिंचाई सुविधा पुराउने गरि काम गर्दै आएको छ । आयोजनाले जल संचय गरि अन्तर जलाधर स्थानान्तरण गर्ने, जलभकारी निर्माण गर्ने , लिफ्ट सिचाई प्रणाली निर्माण गर्ने, नँया प्रविधिमा आधारित सिचाई प्रणाली निर्माण गरि छ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याइसकेको छ ।

हालसम्म घोराही , शान्तीनगर र दंगीशरणमा २८ वटा जलाशय निर्माण भएका छन । यस्तै २६ वटा लिफ्ट सिचाई प्रणाली निर्माण भएको र २० वटा निर्माणाधिन अवस्थामा रहेका छन । त्यसैगरी ४२ वटा डिप ट्युबेल निर्माण भइसकेका छन् ।  यसैविच बृहत आयोजनाका प्रमुख विराट ज्ञवाली सहित कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीसहितको टोलीले आयोजनाहरुको अनुगमन गरेको हो । टोलीले तुलसीपुर १८ दुधरासमा रहेको पिर्थली बुईरेसोता जलासय, वडा नम्बर ८ स्थित दुधेना टिकरी कुलो सतह सिचाई आयोजना, दंगीशरण १ स्थित भरीया जलाशय सिचाई आयोजनाको अनुगमन गरेको हो ।

तपाईंको प्रतिक्रिया