देशभर हालसम्म २७ प्रतिशत मात्रै धान राेपाइँ

 असार २२, २०८०

काठमाडौँ ।   खेतीयाेग्य जमिनमध्ये बिहीबारसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार २१ सम्म २६.७१ प्रतिशत अर्थात् ३ लाख ६२ हजार ६ सय २५ हेक्टरमा रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

पोहोरको यहीं अवधिको तुलनामा रोपाइँ करिब १३ प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ असार २१ सम्म ४०.०४ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए ।  प्रतिशतको हिसावमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि क्रमश: कर्णाली प्रदेशमा ४५, कोशीमा ३६.६७, वागमतीमा ३०.७८, लुम्बिनीमा २४.४३ प्रतिशत रोपाइ भएको छ । गण्डकीमा १७.५५ प्रतिशत र मधेशमा सबैभन्दा ९.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया