रोल्पाबाट दाङ आउदै गरेको बस दुर्घटना, मानविय क्षती भएको अनुमान

 साउन २३, २०८०

रोल्पा ।  रोल्पाबाट दाङ आउदै गरेको बस दुर्घटनामा परेको छ । परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराही तर्फ आउदै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुषालले जानकारी दिनुभएको छ ।

उहाका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको छ । अहिले प्रहरीको टोलीले उद्धारको काम गरिरहेकाले थप विवरण आउन बाकी रहेको जनाइउको छ । बागमाराबाट १५ जना यात्रु लिएर हिडेको बस दुर्घटनामा परेकाले मानविय क्षति पनी भएको हुन सक्ने अनुमान गरीएको छ ।

फोटो बुद्धिमान वलीको फेसबुकबाट

तपाईंको प्रतिक्रिया