चेक अनादर मुद्दामा फरार खड्का प्रकाउ

 साउन २८, २०८०

तुलसीपुर ।  दाङमा चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन । पक्राउ पर्नेमा घोराही १६ लेटर बस्ने बर्ष ३१ को बिरेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ जिल्ला अदालतबाट २०७९ असार ३० गते चेक अनादर मुद्दामा २ बर्ष सजाय फैसला भई फरार रहेका उनि घोराही गोर्खा हस्पिटल नजिक हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो । निजलाई आज ल्ला अदालतमा बुझाईएको छ ।

तपाईंको प्रतिक्रिया