विद्यालय कर्मचारी दाङको भेला शनिवार

 साउन ३२, २०८०

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद्, दाङले विषेश भेला बोलाएको छ । जिल्लाको लमहीमा रहेको आदर्श मावि देउपुरमा भेलाको आयोजना गरिएको छ । भदौ २ गते शनिबारका दिन बस्ने गरी भेला बोलाईएको अध्यक्ष तप्त शर्माले जानकारी दिएका छन । उक्त भेलामा परीषद्को राष्टिय स्तरमा भएको आन्दोलनको समिक्षा तथा जिल्लाको योजना तय गर्ने अध्यक्ष शर्माले बताएका छन ।

साथै जिल्लामा कर्मचारीका एकिन तथ्यांक तयार पारीने भएको हुदा अनिवार्य उपस्थितीको लागि सबैलाई खवर गरिएको छ । उक्त भेलामा केन्द्रीय उपमहासचिव डम्बर ओली,केन्द्रीय सदस्य मित्रलाल शर्मा, प्रदेश अध्यक्ष गोविन्द जिसी लगायतको विषेश आतिथ्यता रहने छ ।

तपाईंको प्रतिक्रिया