अब एमालेका कार्यकता र नेतृत्व एकै मञ्चमा

 भदौ ०२, २०८०

तुलसीपुर । नेकपा एमाले केन्द्रीय कमिटिले कार्यक्रमलाई व्यवस्थित तुल्याउनका लागि मञ्चमा सभाध्यक्ष मात्रै रहने निर्णय गरेको छ। यसको तुलसीपुर नगर कमिटीले जिल्लामै पहिलो पटक कार्यान्वयनमा ल्याएको छ । तुलसीपुर नगर कमिटीले भदौ १६ र १७ मा हुने लुम्बिनी प्रदेश कमिटीको अधिवेशन तयारी स्वरुप आयोजना गरेको कार्यक्रममा नेतृत्वलाई समेत कार्यकतासँगै राखेर कार्यक्रम सम्पन्न गरिएको छ ।

नगर कमिटीका अध्यक्ष माधव वली मञ्चमा हुनुहुन्थ्यो भने कार्यक्रममा अतिथि भने कार्यकर्तासँगै हुनुहुन्थ्यो । नगर कमिटी अध्यक्ष माधव वलीको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेले नेपाली समाजमा सकारात्मक चिन्तनको खाँचो रहेको बताउनुभयो । उहाँले एमालेप्रति गलत भाष्य निमार्ण गर्न थालिएकाले त्यस्तो भाष्यको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले समाजलाई प्रगतिशील संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सैद्धान्तिक र सांस्कृतिक विचलनका विरुद्धमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य कोमल वली, केन्द्रीय सल्लाहाकार परिषद्का सदस्य ढुण्डीराज लामिछाने, जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रमको सञ्चालन सचिव रुपबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रमका विषय प्रवेश जिल्ला कमिटि सतिवालय सदस्य तथा नगर ईन्चार्ज मानबहादुर रावतले गर्नुभएको थियो । प्रदेश कमिटि अधिवेशन प्रतिनिधि छनौटका लागि श्याम डाँगीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

सदस्यहरुमा मेघराज भुसाल,मानबहादुर रावत,वीरबहादुर विक र शुसीला न्यौपाने रहनुभएको छ । भेलाले यहि भदौ ७ गते तुलसिपुरका सम्पुर्ण वडाहरुको वैठक बस्ने र ९ गते दोघरे सभाहलमा पार्टि सदस्यहरुको उपस्थितिमा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया