यी सात जनाकाे समूह: जस्ले एक व्यक्तिलाई अपहरण गरि कुटपिट गरेका थिए
तुलसीपुर । दाङमा एक व्यक्तिलाई अपहरण गरि कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ सप्तरङ्गि टाेलमा काेठा भाडामा बस्दै आएका ४१ बर्षिय जित बहादुर बिकलाई अपहरण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आईतवार राती साँढे १० बजे सात जनाको एक समुहले बिकलाई घरबाटै अपहरण गरी अटो रिक्शामा लगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताउनु भयो । साथै कुटपिट गर्ने सात जनालाई सोमबार बिहान ३ बजे पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा घोराही १९ निवासी बर्ष ३२ काे दिपक सुनार, बर्ष २४ काे हिरा सुनार, बर्ष २३ काे जीवन सुनार, बर्ष ३४ काे खिम बहादुर घर्ती , बर्ष २० काे मनोज घर्ति रहेका छन । अरु १३ बर्षका दुई बालक रहेका छन । कुटपिटबाट घाइते भएका बिकको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भईरहेको छ । पक्राउ परेका माथि ५ दिनकाे म्याद थप भई अनुसन्धान भैरहेको छ ।



तपाईंको प्रतिक्रिया