उद्यम विकासकाे लागि ढकिया बनाउने तालिम

 भदौ ०५, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न.८ स्थित वटोलपुरमा आज ढकिया बनाउने एडभान्स तालिमको उद्घाटन भएको छ | ग्रीन फाउन्डेसन नेपालको आयोजनामा संचालन भएको तालिम ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश कुमार रावतको अध्यक्षता एवम् केन्दीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमममा निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरी , निवर्तमान दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी , तुलसीपुर उपमहानगरपालिका वडा न.८ का वडा अध्यक्ष धर्मराज वली ,स्थानीय वन महासंघ तुलसीपुरकि सचिव रक्षा काफ्ले, तालिम प्रशिक्षक सुशिला चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो |

कार्यक्रमका प्रमुख अथिति पाण्डेले ढकिया बुनाई तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न सक्ने भएकाले लगनशिल भएर सिप सिक्न आग्रह गर्दै तालिम पश्चात सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनु भएको थियो । साथै पछिल्लो समयमा ढकियाको माग देश विदेशमा समेत अत्यधिक भएकाले यस्ता तालिमहरु बाट सिप सिकेर व्यवहारमा लागु गर्न सके राम्रो आम्दानी गर्न सकिने बताउनु भएको थियो ।

तिन हप्ता सम्म संचालन हुने तालिममा वटोलपुर ,दंगीशरण गाउँपालिकाका खलुवाचिस ,लौवस्ता ,मौलि ,चखौरा,हेकुली र सरुवाडाडा गरि जम्मा ३४ जना महिला उद्यमीहरुको सहभागिता रहेको छ |

तपाईंको प्रतिक्रिया