अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प २ लाख डलरको जमानतमा रिहा

 भदौ ०८, २०८०

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा भएका छन् ।  जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी केहीबेरमै २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ । फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको थियो । त्यहाँ उनकाे औँठाछाप लिइएको र मगशट (अनुहारको तस्बिर) भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो ।

लगत्तै त्याे फोटो सार्वजनिक गरियो थियो । फोटो खिचिसकेपछि उनी २ लाख डलरको जमानतमा रिहा भएका खबरमा उल्लेख छ । अमेरिकामा यस्तो मगशट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति बनेका छन् । सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् ।

तर, उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भएकाे भन्दै अस्वीकार गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया