खुल्ला कवडि प्रतियोगिता २०८० हुदै

 भदौ १३, २०८०

लक्ष्मण बस्नेत । दाङको तुलसिपुरमा खुला कवडी प्रतियोगिता २०८० हुने भएको छ । युथ स्पोर्ट्स एकेडेमी तुलसिपुर दाङको आयोजनामा हुने प्रतियोगिता यहि भदौ १५ गते शुक्रबार देखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेलमैदानमा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्ट्स एकेडेमी तुलसिपुरका अध्यक्ष सुजन थापामगरले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता टिमले नगद २० हजार,ट्रफी,मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्ने सेमिफाइनल सम्म पुगेका दुई टिम लाई प्रमाणपत्र, मेडल,कपको ब्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । भदौ १७ गते सम्म संचालन हुने प्रतियोगितामा १२ बढी टिमको सहभागीता रहनेछ । यसैबिच आयोजकले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडिहरुको उमेर २२ वर्ष मुनिको हुनुपर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया