एसिया कपमा श्रीलंकाकाे राेमाञ्चक जित, अफगानिस्तान बाहिरियो

 भदौ १९, २०८०

श्रीलंकाले एसिया कपमा अफगानिस्तानलाई दुई रनले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन् ।

जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा २ सय ८९ रनमा अल आउट भयो । अफगानिस्तालाई सुपर फोरमा पुग्न उक्त लक्ष्य ३७.१ ओभरमा जित्नुपर्ने हुन्थ्यो । सुपर फोरमा पुग्न अफगानिस्तानलाई एक बलमा तीन रन चाहिँएको अवस्था थियो ।

३८ औं ओभरको पहिलो बल श्रीलंकाका स्पिनर धनन्जय डि सिल्भाले मुजिब उर रहमानलाई सदिराबाट क्याच गराएपछि अफगानिस्तानको सुपर फोर सम्भावना  सकिएको थियो ।

तर नियम अनुसार बाँकी तीन बलमा एक छक्का हान्न सके अफगानिस्तान सुपर फोरमा पुग्न सक्थ्यो ।  दोस्रो र तेस्रो बल फारुकीले लगातार डट खाए । चौथो बलमा फारुकी एलबीडब्लू आउट भएपछि श्रीलंका विजयी हुँदै सुपर ओभरमा पुगेको हो ।

तपाईंको प्रतिक्रिया