एसिया कपमा आज पाकिस्तान र भारत खेल्दै

 भदौ २४, २०८०

पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा श्रीलंकाको कोलोम्बोमा सुरुहुनेछ । पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ । भारत पहिलो जितको खोजीमा हुनेछ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै सबैभन्दा बढी लोकप्रिय मानिने यस खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ ।

भारतको ब्याटिङ उत्कृष्ट छ । तर विश्वकै उत्कृष्ट पाकिस्तानको तीव्र गतिको बलिङ सामु रन जोड्न सहज हुनेछैन । समूह चरणमा भारतको १० विकेटनै पाकिस्तानका तीव्र गतिका बलरले लिएका थिए । यस खेललाई भारतको ब्याटिङ र पाकिस्तानको तीव्र गतिको बलिङको भिडन्तको रुपमा समेत लिएको छ ।

समूह चरणमा पाकिस्तान र भारतबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द हुन पुगेको थियो । आजको खेलमा पनि वर्षाले खेल प्रभावित हुने उच्च सम्भावना छ । भारत र पाकिस्तानबीचको खेलमा रिजरर्भ डे राखिएको छ । त्यसैले आज हुन नसके सोमबार खेल हुनेछ ।

तपाईंको प्रतिक्रिया