पाकिस्तानविरुद्ध भारतकाे सानदार जित

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ । श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायकाे थियोे । भारतका विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।
चोटका कारण गत मार्चपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका राहुलले सानदार शतकका साथ पूनरागमन गरेका हुन् । कोहलीको ओडिआई करिअरको ४७ औं र लोकेश राहुलको छैटौं हो ।
तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
जवाफि व्याटिङ गरेकाे पाकिस्तानलाई भारतले सुरु देखि नै दवावमा राखेकाे थियाे । पाकिस्तानका फकर जमानले २७, सलमान र ईख्तिखरले समान २३/२३ रन बनाएका थिए । उस्ले ३२ ओभरमा १२८ रन मात्रै बनाएको थियोे । भारतका कुलदिप यादवले ५ विकेट लिएका थिए ।
तपाईंको प्रतिक्रिया