विद्यालय ठप्प पारेर सडक आन्दोलन गर्ने शिक्षक महासंघकाे चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चतावनी दिएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै चेतावनी दिएको हाे ।
सरकारसँग पटकपटक भएको छलफल, संवाद र पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मि किशोर सुवेदी द्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ विद्यालय ठप्प पारेर काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जान बाध्य भएको छ ।’
साथै बिहीबार आन्दोलन परिचालन समितिकाे बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्ति
तपाईंको प्रतिक्रिया