५९औं राष्ट्रिय बाल दिवस मनाइँदै

 भदौ २९, २०८०

काठमाडाैं । आज भदौ २९ अर्थात् राष्ट्रिय बाल दिवस (चिल्ड्रेन्स डे) । बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी भन्ने नाराका साथ  आज ५९औं राष्ट्रिय बाल दिवस मनाइँदै छ । २०२१ सालको भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन सुरु गरिएको हो ।

बालबालिकाहरू समाज र राष्ट्र निर्माणका कर्णधार हुन् । उनीहरूको भविष्यलाई सुनिश्चित गर्न उनीहरूको अधिकार संरक्षण गर्न जरुरी हुन्छ । बालदिवसको अवसरमा बालबालिकाहरूसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित भएर कार्यक्रमहरू भव्यताका साथ मनाउने गरिन्छ ।

विद्यालयमा पनि विभिन्न कार्यक्रमहरू गरेर आजको दिन मनाउने चलन छ ।

तपाईंको प्रतिक्रिया