‘रैथाने ज्ञान र सिप संरक्षण गर्नुपर्नेमा जाेड’

 भदौ २९, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न.८ स्थित वटोलपुरमा आज ढकिया बनाउने तालिमको समापन भएको छ | ग्रीन फाउन्डेसन नेपालको  समन्वयमा  भदौ ५ गतेदेखि संचालन भएको तालिम समापन भएको हाे । ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष बिष्णु बहादुर केसीकाे अध्यक्षता एवम् केन्दीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिमका प्रशिक्षक शुसिला चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमममा तुलसीपुर ८ का अध्यक्ष धर्मराज वली, वडा नम्बर २ का अध्यक्ष भिम याेगी, निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरी , निवर्तमान दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी , तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान उपमेयर माया आचार्य, महिला नेतृ सिमा न्याैपाने,पत्रकार दिप्तिशिखा, तालिमका सहभागिहरु शर्मा चाैधरी, नुमा चाैधरी लगायतकाले बाेलेका थिए |

कार्यक्रममा बाेल्ने बक्ताहरुले थाेरै लगानीबाट आयआर्जन गर्न सकिने भएको हुदा सिपलाई निरन्तरता दिनुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका प्रमुख अथिति पाण्डेले परम्परागत सिपलाई विकास तथा परिमार्जन गर्न सके आर्थिक रुपमा सबल बन्न सकिनेमा जाेड दिएका थिए । उद्ममशिलता बिकासमा राज्यले समेत ध्यान नदिदा पुराना सामाग्रीकाे लाेप हुन थालेको उनले बताएका थिए । उनले रैथाने ज्ञान सिपमा भविष्य रहेको हुदा यश तर्फ लाग्न महिलाहरूलाई आग्रह गरेका थिए ।

साथै पछिल्लो समयमा ढकियाको माग देश विदेशमा समेत अत्यधिक भएकाले यस्ता तालिमहरु बाट सिप सिकेर व्यवहारमा लागु गर्न सके राम्रो आम्दानी गर्न सकिने उनले बताएका थिए ।

तालिममा वटोलपुर ,दंगीशरण गाउँपालिकाका खलुवाचिस ,लौवस्ता ,मौलि ,चखौरा,हेकुली र सरुवाडाडा गरि जम्मा ३४ जना महिला उद्यमीहरुको सहभागिता रहेको सचिव शुरेस कुमार रावतले जानकारी दिए |

समापन अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियोे । कार्यक्रमकाे सहजिकरण ग्रीन फाउन्डेसनका दिपक परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया