मावि खाद्रेको विव्यस निर्वाचनमा एमाले- कांग्रेसकाे प्यानल निर्वाचित

 भदौ ३०, २०८०

तुलसीपुर । तुलसीपुर ४ मा रहेको जनश्रम माध्यमिक विद्यालय खाद्रेको विद्यालय व्यवस्थापन समितिको सदस्यमा चार जना सदस्य निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा दुई जना पुरुष र दुई जना महिला गरी चार जना सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार कलसिंङ रावतले (घडि) ११४, बम बहादुर खड्काले(दिपक)(साईकिल) ११६, यसोदा वलीले (भाले)११२ र राधा घर्तिमगरले (बल) १११ मत प्राप्त गरी निर्वाचित भएका छन् भने प्रतिद्धन्द्धी रेमन्त बहादुर घर्तिले (तराजु) ९०, चेतप्रसाद भुसालले (कलस) ९०, जानकी बुढाले(घर) ९१ र प्रदेशनी चौधरीले (लालीगुरास) ९३ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ । अन्तिम मतपरिणाम पछि निर्वाचन अधिकृत माधव भट्टराईले निर्वाचित सदस्यहरुको नाम घोषणा गरी सार्वजनिक गर्नुभएको थियो । निर्वाचित २ पुरुष सदस्य कांग्रेस र महिला २ सदस्य एमालेका हुन् ।

निर्वाचनमा २९८ जना अभिभावक मतदाता भएकोमा २१६ जनाले मतदानमा सहभागी जनाएका थिए ।समितिको सदस्यमा सहमती जुट्न नसकेपछि दुई समुह बिच निर्वाचन भएको थियो ।

रावत समुहलाई नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन गरेको थियो भने घर्तिको समुहलाई नेकपा माओवादी,एकीकृत समाजवादी लगाएतका दलले समर्थन गरेका थिए । समितिको अर्को बैठकले अब अध्यक्ष चयन गर्नेछ । निर्वाचनमा एमाले र काङ्ग्रेसकाे एक समुह तथा माओवादि, समाजवादी लगायतका दलकाे एक समूह चुनावी प्रतिस्पर्धामा थिए ।

तपाईंको प्रतिक्रिया