वडाध्यक्षकप क्रिकेट प्रतियोगितामा ११ र ६ नम्बर सेमिफाइनलमा प्रवेश

 कार्तिक १८, २०८०

कमल पोखरेल, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा जारी अध्यक्षकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ११ र ६ सेमिफाइनलमा प्रबेश गरेका छन। आज भएका खेलमा वडा न ११ ले ९ लाई २ विकेटले पराजित गरि सेमिफाइनल पुगेको हाे । पहिला ब्याटिङ गरेको ९ ले ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा सचिन बीकेले १९ रनको योगदान गरेका थिय भने ११ को लागि कप्तान दिनेश रावतले सार्बाधिक ३ विकेट लिन सफल भएका थिए भने सन्तोष रावतले २ विकेट लिएका थिय ।

जबाफ़ी लक्ष्य पछ्यायको ११ ले अन्तिम २ बल अघि ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यस क्रममा ११ वडाका लागि कप्तान दिनेश रावतले सार्बाधिक २४ रनको योगदान गरेका थिए भने दिपक कुसारी र मनोज शाहले समान १३ रन बनाएका थिए । बलिङ तर्फ ९ नम्बरका दिपक भूलले ३ विकेट लिएका थिए ।

त्यस्तै वडा ८ लाई ४ विकेटले हराउदै ६ नम्बर वडा पनि सेमीफाइनल पुगेको छ । वडा नम्बर ८ ले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पूरा गर्दै ६ नम्बर बिजयि भएको हो । ६ का लागि प्रतीक लम्सालले ३२ रन बनाएका थिय भने ८ को लागि हरिस केसीले ३० रन बनाएका थिय । अब भोलि बिहान हूने वडा ७ र १८ बिच हुने खेलले अन्तिम सेमीफाइनल टोलिको टूङगाे लागनेछ । यस अघि वडा नम्बर १ सेमीफाइनल पुगीसकेको छ ।

 

तपाईंको प्रतिक्रिया