उदाहरणीय काम गर्दै घोराही – ८ का वडाध्यक्ष शाह

 पुष १४, २०८०

कपिल लामिछाने, तुलसीपुर । घोराही उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जितेन्द्र शाहले आफ्नो तलव भत्ताबाट वडामा रहेका ५ बर्ष देखि १८ बर्ष मुनिका छोरीहरुलाई मासीक ३ सयका दरले रकम दिने निर्णय गरेका छन् । उनले हरेक महिनाको पहिलो शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बालबालिकाहरुलाई उक्त रकम वितरण गरिने जानकारी दिए । वडा अध्यक्ष शाहले आफ्नो कार्यकालभरि यस कार्यक्रमलाई निरन्तरता दिने र कोहि पनि वडाबासी आर्थिक, सामाजिक, मानसिक जस्ता जस्तो सुकै समस्यामा रहेपनि वडामा खबर गरे समस्या समाधान गर्ने गरि आफुले काम गर्ने योजना बनाएको वडाअध्यक्ष शाहले बताए ।

उक्त कार्यक्रम अन्तर्गत निर्धारण गरिएको मापदण्ड अनुसार ५ कठ्ठा भन्दा कम क्षेत्रफल जग्गा भएका घरपरिवारका छोरीहरुले मात्रै उक्त कार्यक्रम अन्तर्गत रकम पाउने ब्यबस्था गरिएको छ । कार्यक्रममा मापदण्ड पुगेका २ सय १५ जना छोरीहरुलाई ३ सयका दरले ६४ हजार ५ सय रुपैया बितरण गरिएको थियो । उक्त कार्यक्रमले वडाबासीहरु निकै खुसी भएको र यस्ता खालका कार्यक्रमहरुले समाज परिवर्तन मात्रै नभएर छोरीलाई दिने खर्च समेत अभिभावकहरुको जोगिने हुँदा यस्ता कार्यक्रमको मुक्तकण्ठले स्वागत र प्रशंसा गर्नुपर्ने वडाबासी अर्जुन बुढाथोकिले बताए ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले वडाले रातदिन नभनि वडाबासीहरुको समस्यालाई बुझी कामकाज गरिरहेको र वडाबासीको अनुरोध अनुसार बर्षौदेखि खुल्न नसकेका सडकहरु खुलेको हुँदा वडाबासीहरु वडाअध्यक्ष शाहको कामप्रति सन्तुष्टि रहेको र अझै बिकास निर्माणका कामहरु गर्नका लागी जस्तोसुकै सहयोग गर्न समेत तयार रहको बताएका थिए ।

तपाईंको प्रतिक्रिया