अत्यधिक चिसो बढेपछि नेपालगञ्जका विद्यालयमा बिदा

 माघ ०४, २०८०

बाँके । अत्यधिक चिसो बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ देखि ६ गतेसम्म जाडो बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाद्वारा जारी परिपत्रमा उल्लेख छ ।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ। शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भएपछि विद्यालयमा बिदा दिएको पत्रमा उल्लेख छ।

तपाईंको प्रतिक्रिया