सुनाखरी मेलामा विद्यार्थिले सिकाइ देखाए

 माघ ०५, २०८०

दाङ । तुलसीपुर-३ दमारगाउँमा रहेको सरस्वती माविमा संचालन भएको सुनाखरी सिकाई मेलामा विद्यार्थिले सिकाइ देखाउने अवसर प्राप्त गरेका छन।  प्रविधि तथा  कृर्षि ब्यवसाय मार्फत आफुले सिकेको सिप अरुलाई सिकाउन पाएको मावि उरहरिका विद्यार्थि दिलिप वलिले बताए | मेट्राे कलेजका    बिशाल कुँवरले सुनाखरी मेलामा आफुले सिकेकाे ज्ञान सिप देखाउने अवसर प्राप्त गरेकाे बताए |

मेलामा विद्यालय, बैंक र अस्पताल गरी ३० वटा संस्थाले स्टलमा विद्यार्थीले बनाएका विभिन्न कुराको प्रदर्शनी गरेको टिच फर नेपाल दाङका व्यवस्थापक माधवप्रसाद देवकोटाले बताए ।

सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोर्न बहादुर खड्काको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले सिकाई मेलाले बालबालिकाको अतिरिक ज्ञान प्राप्तीमा महत्वपूणर् भूमिका खेलेको बताए । 

यस्तै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सिकाई आदान प्रदानले सक्षम र दक्ष जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका खेल्ने बताए । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक तथा तुलसीपुर-११ का अध्यक्ष मान बहादुर रावत, सरस्वती माविका प्रधानाध्यापक जंगबिर केसीले वर्सेनि संचालन हुने सिकाई मेलाले बालबालिकाको चौतर्फी विकासमा सहयोग पुगेको बताए ।

कार्यक्रमको सहजीकरण बिमला वली र सिद्धान्त बोहराले गरेका हुन् ।

तपाईंको प्रतिक्रिया