एसईई परीक्षा चैत १५ गतेबाट सुरु हुने

 माघ ०७, २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्त १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

उहाँका अनुसार चैतको पहिलो हप्ता एसईई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो ।

तपाईंको प्रतिक्रिया