मावि हरीपौरीको अध्यक्षमा अधिकारी

 माघ ०९, २०८०

तुलसीपुर । तुलसीपुर १२ स्थित पशुपती मावि हरीपौरीको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र अधिकारी चयन भएका छन । समितिका सदस्यहरु तथा वडाध्यक्ष खुसीराम चौधरी सहितको  आज बसेको बैठकले अधिकारीलाई अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले जानकारी दिईन् । यस अघि पनि अधिकारी नै अध्यक्षमा चुनिएका थिए ।

यद्यपी नियम विपरीत समिती गठन भएको भन्दै मुद्धा परेपछि उच्च अदालत तुलसीपुरले पुन: समिति गठन प्रक्रियामा जान भनेको थियो । जस अनुसार विद्यालयमा पुस १९ गतेको अभिभावक भेलाबाट चार सदस्यहरु कमला आचार्य, कुल बहादुर वली,गिता डाँगी र खगेन्द्र अधिकारी चुनिएका थिए । उक्त चार जनाको समितीको पुस २४ गते बैठक बसेर कमल कुसुम आचार्य र किरण कुमारी खड्कालाई सदस्यमा मनोनित गरेको थियो ।

 

तपाईंको प्रतिक्रिया