माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले मनायो ५३औं वार्षिक उत्सव

 माघ १०, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले ५३औं वार्षिक उत्सव समारोहको समापन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले ५३औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा पूर्व प्रतिनिधि सभा सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाक्यले सामुदायिक विद्यालय सुधारमा सेण्टरले महत्वपुर्ण भुमिका खेलेको बताएकि थिईन । साथै आगामी दिनमा अझै उत्कृष्ट शिक्षा दिनका लागि सबै जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेकि थिईन् ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले पालिकाले सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिएको बताएकि थिईन । उहाँले पालिका भित्र रहेका सामुदायीक विद्यालयका शिक्षकहरुलाई विभिन्न समयमा तालिमहरु पनि दिदै आएको उनले बताईन ।

कार्यक्रममा तुलसीपुर नगर शिक्षा समितिका सदस्य तथा अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले सामुदायीक विद्यालयलाई संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गर्न चुनौति थपिएको बताए । पछिल्लो समय विद्यार्थीहरुमा बढ्ने बानिको विकास कम हुँदै गएकोले अभिभावकहरुले निगरानी गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले मावि सेन्टर तुलसीपुरकै गहना रहेको बताएका थिए । विद्यालयले गरेको गरेको मेहनतको प्रशंसा गदै थप उन्नती प्रगतिको शुभकामना दिनुभएको हो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको आय व्यय प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालय अथक मेहनतका साथ मेगा विद्यालयको रुपमा परिणत भएको बताए । यसको श्रेय शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई जाने उनले बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक प्रस्तुती राखेका थिए । त्यस अवसरमा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । बिस २०२७ सालमा स्थापना भएको बिद्यालयले साधरण तर्फ र प्राबिधिक धारको पढाई सञ्चालन गर्दै आएको छ ।

 

तपाईंको प्रतिक्रिया