तुलसीपुर -१ मा शिक्षक सङ्गठनकाे कमिटि गठन

 माघ २७, २०८०

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं -१ मा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे वडा भेला सम्पन्न भएकाे  छ । भेलाले वडा कमिटी गठन गरेकाे छ। वडा संयाेजक असाेक केसि काे अध्यक्षता एंव तुलसीपुर नगरका उपाध्यक्ष प्रेम नेपालीकाे प्रमुख आथित्यता र नेपाल राष्ट्रिय शिक्षक संगठनका आजिवन सदस्य टाेप घर्तिकाे विशिष्ट आथित्यतामा  भेला सम्पन्न भएकाे हाे ।

भेलाले असाेक केसीकाे अध्यक्षतामा  कमिटी गठन गरेकाे छ। जस्मा उपाध्यक्षमा प्रसान्त पराजुली,सचिवमा नवराज विश्वकर्मा, काेषाध्यक्षमा शुष्मा वली केसी, सह सचिवमा भलकुमारी विश्वकर्मा रहेका छन । यस्तै सदस्यहरुमा निर्मला बुढाथाेकि  र धनि थापा रहेका छन । सल्लाहकारमा टाेप घर्ती र
टंक केसी रहेका छन ।

तपाईंको प्रतिक्रिया