सञ्चार जनता केन्द्रित हुनुपर्छः मन्त्री मास्की

 फागुन ०७, २०८०

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सञ्चार माध्याम जनता केन्द्रित हुनुपर्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औ स्थापना दिवसका अबसरमा दाङको तुलसीपुर स्थित कार्यालयको आयोजनामा सोमबार आयोजित‘जिम्मेवार पत्रकारिता र रासस’को भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुक परिबर्तन भई अहिलेको अबस्थामा आउनुमा राससको भूमिका महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई रक्षा गर्न पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सञ्चार माध्याम पनि गाउँ–गाउँमा पुग्दा जनताका आवजहरु बुलन्द हुन थालेको यो संघीयताको उपलब्धी रहेको समेत बताउनुभयो । राससले संघीयता अनुसार सातै प्रदेशमा कार्यालय स्थापना गरेको र जिल्ला–जिल्लामा स्थानीय समाचारदाता खटाएर काम गरेको भन्दै यो स्रहनीय कार्य रहेको समेत बताउनुभयो । उहाँले राससको लुम्बिनी प्रदेशको कार्यालय दाङमा स्थापना गर्नका लागि सकारात्मक पहल गर्ने समेत बताउनुभयो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले रासस समयमानुकुल बनाउनुपर्ने बताउनुभयो । उहाँले खोज र अनुसन्धान मुलक पत्रकारिता अहिलेको आवश्कता रहेको भन्दै पेशागत मूल्य र मान्यतालाई कायम राख्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सामाजिक सञ्जाललाई नै सञ्चार माध्याम भन्ने अबस्था हुँदा बास्तबिक सञ्चार माध्यामहरु ओझेलमा पर्ने अबस्था रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मिडिया साक्षरताको विषय आबश्यक रहेको समेत बताउनुभयो । क्यामराको र बुम बोक्दैमा कोही पत्रकार नहुने भन्दै उहाँले सचेत नागरिकले सही गतल छुट्टाउन आवस्यक रहेको समेत बताउनुभयो ।

पत्रकार महासंघका दाङका निबर्तमान अध्यक्ष सुदिप गौतमले राससले जनताको प्रतिनिधित्व गरेको र तथ्यमा आधारित समाचार प्रशारण गर्दै आएको भन्दै त्यो कार्य सकारात्मक रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशले सञ्चार ऐन पनि संसोधन गर्नुपर्ने तथा नियमावली पनि तत्काल निर्माण गरि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । गाउँघरका कुरा र काम मुलधारका संचार सस्थामा आउने गरेको बताउनुभयो ।

सो कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष रामप्रसाद चालिसे,तुलसीपुर उपमहानगरपालिका १२ का अध्यक्ष खुशीराम चौधरी,नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, प्रेस युनियनका केन्द्रीय उपमहासचिब सुलोचना गौतम, युबा महिला उद्यमी सपना बस्नेत,ज्येष्ठ नागरिक सरोकार केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोसी,तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष डिल्ली बहादुर बस्नेत ,प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका,प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जालगायतले राससको सेवालाई निःशुल्क बनाउन पहल थाल्नुपर्ने बताएका थिए ।

रासस दाङ प्रमुख नारायणी रजौरेले राससले दिने सेवा र मुलुकलाई गरेको योग्दानका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले राससले देशभरका करिब एक हजार सञ्चार माध्यामलाई समाचार उत्पादन गरि उपलब्ध गराउँदै आएको बताउनुभयो । जस्तो सुकै आपत, विपतमा पनि समेत राससले आफ्नो सेवा प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण तुलसीपुर समाचारदाता दिपक बोहराले गर्नुभएको थियोे । कार्यक्रममा राससका देउखुरी समाचारदाता रञ्जिता अधिकारी, घोराही समाचारदाता शुसिला वलीको पनि सहभागिता थियो । यसैबीच प्रदेश अर्थमन्त्री मास्कीले रासस कार्यालयको अवलोकन गर्नुभएको छ । तुलसीपुर स्थित कार्यालय र जग्गाको अवलोकन गर्नुभएको हो

तपाईंको प्रतिक्रिया