मावि हरीपौरीमा ५० हजारको अक्षयकोष स्थापना

 बैशाख ०२, २०८१

तुलसीपुर । तुलसीपुर – १२ स्थित पशुपती मावि हरीपौरीमा ५० हजारको अक्षयकोष स्थापना भएको छ । बिद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षक आशा कुमारी देबकोटाले स्वर्गीय श्रीमान राम बहादुर केसीको स्मृतिमा ५०, हजार ५ रुपैयाको अक्षयकोष स्थापना गरेको बिद्यालयले जनाएको छ । अक्षयकोषबाट प्राप्त ब्याजबाट कक्षा १–५ का गरीव तथा जेहेन्दार ३ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ । केसीको विद्यालयमा कार्यरत छदा निधन भएको थियो । यसैविच अक्षयकोष दाता देवकोटालाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वि.ब्य.स.सदस्य शुर्य बहादुर डाँगी,प्रधानाध्यापक राधा चौधरी लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया