आर्थिक अभावले पढ्न बञ्चीत भए वडाले पढाउने

 बैशाख ०२, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सबैका लागि शिक्षा भन्ने नारालाई सफल पार्न लाग्ने भएको छ । वडामा आज बसेको बैठकले भर्ना अभियान २०८१ लाई सफल बनाउन लाग्नुका साथै विद्यालय उमेर पुगेका बालबालिकालाई विद्यालय सम्म पठाउन अभियान चलाउने निर्णय गरेको छ । अध्यक्ष मानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले आर्थिक अभावका कारण पढ्नबाट कोहि पनि बञ्चीत नहुन् भनेर त्यस्ता बालबालिकालाई वडाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

वडा भित्र आर्थिक अभावका कारण सामुदायिक विद्यालयमा भर्ना गर्न समस्या भए वडा कार्यालयले ब्यहोर्ने अध्यक्ष रावतले बताए । साथै वडाले अति विपन्न, शहिद परिवार लगायतका बालबालिकाको छात्रवृत्तिका लागि आवेदन दिन आग्रह समेत गरेको छ । बैठकमा वडा सदस्यहरु र सचिव पदम कुमार भण्डारीको उपस्थिती थियो ।

तपाईंको प्रतिक्रिया