स्वर्गिय बुढाप्रती श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

 बैशाख १७, २०८१

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा श्रद्धाञ्जली तथा दिपप्रज्वलन कार्यक्रम भएको छ । कृषि पशु विज्ञान तर्फ तेस्रो बर्षको पढाई हालै पुरा गरेकि छात्रा समिक्षा स्मृती बुढाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो । विद्यालय र तेस्रो ब्याचका विद्यार्थीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

रोल्पा गंगादेव ५ निवासी बुढाको बैशाख १४ गते कक्षा १२ को परीक्षा दिई फर्किने क्रमममा एक्कासी श्वास्थ्यमा समस्या आई निधन भएको थियो । उनको हर्टअट्याकका कारण निधन भएको आफन्तले जानकारी दिएका छन । स्वर्गिय बुढाको चिरशान्तीको कामना गर्दै परिवारजनमा समबेदना प्रकटको लागि विद्यालयमा दिपप्रज्वलन गरिएको हो ।

दिपप्रज्वलन कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत,प्रधानाध्यापक पदम बहादुर वली,विद्यार्थीहरु रोहीत शर्मा,पुष्प कोमल खत्री लगायत प्रशिक्षकको सहभागिता रहेको थियो । बुढा गंगादेव ५ का वडाध्यक्ष अमृत बुढा मगरको छोरी हुन ।

तपाईंको प्रतिक्रिया