प्रेस सेन्टर दाङका अध्यक्ष शर्मा एमालेमा प्रवेश, महासचिव पोखरेलले गरे स्वागत
तुलसीपुर । नेकपा माओबादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन । एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष शर्मालाई स्वागत गरेका छन । शर्मालाई एमाले सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य नरुलाल चौधरी, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियाशन र महासचिव हिरामान लामाले समेत खादा लगाएर स्वागत गरेका थिए ।
उनि लामो समय देखि प्रेस सेण्टरमा आवद्ध थिए । प्रेस सेण्टरको विभिन्न जिम्मेवारीमा रहदै हाल अध्यक्ष बनेका थिए ।




तपाईंको प्रतिक्रिया