अनेरास्ववियु दाङको २४र्औं जिल्ला अधिबेशन सुरु
तुलसीपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङको २४र्औं जिल्ला अधिबेशन तुलसीपुरमा सुरु भएको छ । अधिबेशन आयोजक कमिटिका संयोजक गणेश खड्काको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक वडालको प्रमुख आतिथ्यता एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरीको विशेष उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो ।
त्यस अवसरमा बोल्ने बक्ताहरुले अनेरास्ववियुले एमालेका मार्गदर्शक सिद्धान्त, विकास दृष्टिकोणबारे जनसमुदाय समक्ष पुर्याउन महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका थिए । देशको सबैभन्दा ठूलो विद्यार्थी संगठन भएकाले नेतृत्वले कार्ययोजनाका साथ अघि बढ्दै विद्यार्थीलाई गोलबद्ध गरि अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पुर्व अध्यक्षहरु विवेक श्रेष्ठ,मोहन सिं सुनार,पवन रिजाल,विरबल खड्का,सर्जन परियार र गोविन्द बस्नेतलाई सम्मान गरिएको थियो । अधिबेशनको बन्द सत्रले नँया नेतृत्व चयन गर्ने छ ।
तपाईंको प्रतिक्रिया