अनेरास्वबियु दाङको अध्यक्षमा बस्नेत

 साउन ३२, २०८१

तुलसीपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु दाङ जिल्ला अध्यक्षमा प्रदिप बस्नेत चयन भएका छन । २४औं जिल्ला अधिवेशनको बन्द सत्रले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । जस्को उपाध्यक्षमा दिपेन्द्र पुलामि,दिपक पाण्डे,सचीवमा सबिन पोख्रेल, सह सचीवमा शारदा आचार्य, सम्झना चौधरी,नेशनल चौधरी,नबराज जोशि, कोषाध्यक्षमा राजु बिक चयन भएका हुन ।

यस अघि अधिबेशन आयोजक कमिटिका संयोजक गणेश खड्काको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक वडालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया