लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत पाए
तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको बैठकमा आचार्यले विश्वासको मत मागेका थिए । कुल ८७ सदस्यीय सदस्य रहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यलाई ७० जना सांसदले विश्वासको मत दिएका छन् । यो मत संसदको बहुमत हो। उनको विपक्षमा ११ मत पर्यो। प्रदेशमा बहुमत पुर्याउन ४४ मत चाहिन्छ । मुख्यमन्त्री आचार्यको पक्षमा परेको मत प्रदेशसभाको बहुमत रहेकाले सभामुख तुलाराम घर्तीले मुख्यमन्त्रीका पक्षमा बहुमत पुगेको घोषणा गरेका थिए ।
आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले ९ साउनमा शपथ लिएका थिए । उनलाई तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । ९ साउनमा उनी सँगै अन्य ८ मन्त्रीले समेत शपथ लिएका थिए ।
तपाईंको प्रतिक्रिया